निषेधाज्ञालाई थप कडाई गर्छौं : काठमाडौं सिडिओ काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई थप कडाइ गरिने बताएका छन्। आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, जिल्ला सुरक्षा निकायका पदााधिकारी, जिल्ला समन्वय समितिका संयोजकसहित काठमाडौंको अनुगमनमा निस्केका सिडिओ पराजुलीले थप कडाइ गरिने बताए। उनले भने, ‘पाँचसय बेडको वीर अस्पतालको नयाँ भवन खाली छ, तत्काल सञ्चालनमा ल्याउन सकिनेबारे अनुगमन गर्‍याैं।’ आज सरकारी सवारीसाधनलाई पनि कडाइ गरेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्