कोभिड संक्रमण नियन्त्रणलाई धुलिखेल नगरपालिकामा एक करोडको कोष काभ्रेपलाञ्‍चोक। कोरोनाको संक्रमण रोकथाम र न्युनीकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ। कोभिड-१९ का बिरामीलाई उपचार र निःशुल्क एम्बुलेन्स सेवा दिनको लागि कोष बनाएको नगरपालिकाले जनाएको छ। नगरको वडा नं. ३, ४, ५, ६ र ७ मा कोरोना संक्रमण अत्यधिक देखापरेकोले जनस्वास्थ्यका मापदण्ड पालना गर्न र अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन नगरपालिकाले भनेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्