नेपालमा कति छन् आईसीयू र भेन्टिलेटर? काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ। उच्च संक्रमण रहेका जिल्लामा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर एक हजार १९८ बेड आईसीयू र ५०८ वटा भेन्टिलेटर छन्। जसमा ३३१ जना आईसीयूमा र ११५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा रहेका सबै अस्पतालका आईसीयू र भेन्टिलेटर बिरामीले भरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्