गायक प्रकाश सपूत कोरोना संक्रमित काठमाडौं। चर्चित गायक तथा नवनायक प्रकाश सपूत कोरोना संक्रमित भएका छन्। काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो। होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता समस्या देखिएको थियो। अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको प्रकाशले बताए। लक्षण सामान्य भएपनि कोरोना संक्रमणले निकै हतोत्साहित गराएको उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्