१३ जिल्लामा पूर्ण, सात जिल्लामा आंशिक निषेधाज्ञा काठमाडौं। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज बिहानसम्म स्थानीय प्रशासनले १३ जिल्लामा पूर्ण र सात जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ। गृह मन्त्रालयका अनुसार पूर्ण निषेधाज्ञा जारी भएका जिल्लामा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रुपन्देही छन्। बागलुङ, कालीकोट, बार्दिया, सल्यान, सुनसरी, दार्चुला र जाजरकोटमा आंशिक निषेधाज्ञा जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्