कोरोना संक्रमित पूर्वरानी कोमल शाह आईसीयूमा काठमाडौं। कोरोना संक्रमित पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा थप समस्या आएपछि आईसीयूमा सारिएको छ। कोभिड–१९ संक्रमणपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्यमा भने सुधार भइरहेको अस्पतालले जनाएको छ। आईसीयूमा सारिएकी कोमलको चिकित्सकको निरन्तर निगरानीमा उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्