गुजरातमा हजार बेडको कोरोना अस्पताल बनाउँदै रिलायन्स, निःशुल्क उपचार एजेन्सी। रिलायन्स फाउन्डेसनले भारतको गुजरातमा हजार बेडको कोरोना अस्पताल बनाउने घोषणा गरेको छ। अस्पतालमा बिरामीको निःशुल्क उपचार हुने पनि फाउन्डेसनले बताएको छ। चार सय बेडको कोभिड केयर सेन्टर एक साताभित्र सरकारी डेन्टल अस्पताल परिसरमा तयार पारिसक्ने पनि फाउन्डेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। त्यसपछि ६ सय बेडको केन्द्र गुजरातको जामनगरमा दुई सातामा तयार पार्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्