भारतमा रहेका नेपालीका लागि हटलाइन टेलिफोन सेवा काठमाडौँ। गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरूको सहयोगार्थ हटलाइन टेलिफोन सेवा सुरु गरेको छ। संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाअनुसार भारतमा रहेका नेपालीले कोरोनासम्बन्धी कुनै समस्या भए फोन, भाइबर, ह्वाट्सएप, इमेलमार्फत् चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न हटलाइटनले सहयोग गर्नेछ। यसका लागि नयाँ दिल्लीबाट डाक्टरत्रय अरुण पौडेल, अविरल निधि र सागर पौडेल तथा नेपालबाट प्रभात अधिकारीको टोली खटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्