वीरगन्जका वडा नं. १ देखि १६ सम्मको क्षेत्र अत्यधिक जोखिमपूर्ण काठमाडौं। वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आफ्नो नगरका वडा नं. १ देखि १६ सम्मको क्षेत्र कोरोना संक्रमणका दृष्टिले सबैभन्दा जोखिमपूर्ण रहेको बताएका छन्। कोरोनाको दोस्रो लहर सुरु भएपछि नगरमा लगभग एक हजार जनामा कोरोना पुष्टि र १७ जनाको मृत्यु भएको उनले बताए। बाहिरबाट आउनेलाई पीसीआर परीक्षण गरी आवश्यकताअनुसार आइसोलेसन र क्‍वारेनटाइनमा राख्ने व्यवस्था गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्