जनकपुर उप–महानगरपालिकासँग छैन कोरोना सम्बन्धी जानकारी काठमाडौं। जनकपुर उप–महानगरपालिकाले कोरोनाको विषयमा कुनै पनि जानकारी नभएको बताएको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा सम्बन्धित निकायले कुनै जानकारी उपलब्ध नगराएको उप–महानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले बताए। आफ्नो व्यक्तिगत पहलबाट पनि यस विषयमा कुनै जानकारी पाउन नसकेको उनको भनाई छ। यो सब हुँदाहुँदै पनि सरकारले भनेबमोजिम सुरक्षाका मापदण्ड भने अपनाएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्