मे १ मा रुसी खोप स्पुतनिक–भी भारत आइपुग्ने एजेन्सी। रुसी भ्याक्सिन स्पुतनिक–भीको पहिलो खेप भारतमा मे महिनाको पहिलो दिन आइपुग्ने भएको छ। कोभिसिल्ड र कोभ्याक्सिन अहिले भारतमा चलिरहेको छ। स्पुतनिक–भी रुसको गमालया रिसर्च इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले बनाएको हो। रोयटर्सलाई रुसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रिकले यो जानकारी दिएका हुन्। ९१.६ प्रतिशत प्रभावकारी मानिएको स्पुतनिक–भीले भारतलाई महामारीबाट जोगाउन मद्दत पुग्ने बताइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्