एकै कक्षाका १३ जना विद्यार्थी कोरोना संक्रमित धनकुटा। इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षाकोठाका १३ जना विद्यार्थी कोरोना संक्रमित भएका छन्। आवासीय रुपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट(एचए) तेस्रो वर्षमा अध्ययनरत हुन्। एचए तेस्रो वर्षमा ४० जना विद्यार्थी रहेकोमा १३ जनामा संक्रमण देखिएको हो। पोजेटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी छन्। विद्यार्थीमा संक्रमण देखिएपछि शिक्षक र कर्मचारी होम आइसोलेसनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्