पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण देशैभर १२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोनाको कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार १ सय ७६ पुगेको छ। पछिल्लो सङ्क्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार देशभर कोरोनाका कारण २८ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्