त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भोलिदेखि हुने सम्पूर्ण परीक्षा स्थगित गरेको छ। आज बसेको परीक्षा सञ्चालक समितिको बैठकले भोलि १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। आइतबार सीसीएमसीको बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। तर, त्रिविले भने आजका लागि तय भएको सबै परीक्षा भने सञ्चालन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्