नेपालमा अक्सिजन उत्पादन प्रयाप्त, कालोबजारी भयो भने मात्र अभाव हुने काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले प्रतिमिनेट एक हजार लिटर अक्सिजन उत्पादन गरिरहेको छ। दुईवटा अक्सिजन प्लान्टबाट एक मिनेटमा एक हजार लिटर अक्सिजन उत्पादन भइरहेको अस्पतालका कोभिड-१९ फोकल पर्सन डा. सन्तकुमार दाशले बताए। त्रिविमा रहेको एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट भने एक वर्षदेखि बिग्रिएर थन्किएको छ। त्यो बनेको खण्डमा त्रिविले बाहिर अरूलाई पनि अक्सिजन दिन सक्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्