सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गर्ने ११ प्रिन्सिपल पक्राउ राजविराज। सरकारी निर्णयविपरीत विद्यालय सञ्चालन गरेको अरोपमा सप्तरीमा ११ जना प्रिन्सिपल पक्राउ परेका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रराज पोखरेल, राजविराजका मेयर शम्भु यादवसहितको टोली विद्यालय अनुगमनमा पुगेका थिए। सो क्रममा विद्यालय सञ्चालन गरेका ११ निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका हुनु। उनीहरुमाथि संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही चलाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्