केजरिवालले दिल्लीमा बढाए ३ मेसम्म लकडाउन काठमाडौं। दिल्लीमा बढ्दो कोरोना संक्रमणबीच मुख्यमन्त्री अरविन्द केजरिवालले ३ मेसम्म लकडाउन बढाएका छन्। हाल रहेको लकडाउन सोमबार बिहानबाट सकिदै थियो। मुख्यमन्त्री केजरिवालले आगामी साता पूर्ण रुपमा लकडाउन हुने बताएका छन्। उनले लकडाउन कोरोनाविरुद्धको लडाईमा अन्तिम हतियार भएको समेत बताएका छन्। दिल्लीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा दैनिक तीव्र वृद्धि हुँदा अस्पतालले नयाँ बिरामी भर्ना लिन समेत छाडेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्