स्वास्थ्य मन्त्रालय भन्छ- कोरोना रोकथामको लागि स्वास्थ्य मापदण्ड पालना भएन काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम सम्बन्धी सरकारको स्वास्थ्य मापदण्ड पालना नभएको जनाएको छ। राजनीतिक दलका नेतादेखि सरकारी निकायले समेत सरकारले बनाएको मापदण्ड पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। "महामारीले देशका विभिन्न स्थानहरुमा दुखद अवस्था आइसकेको देख्दादेख्दै पनि हामी सबैले संक्रमण रोकथाम गर्न सक्ने भूमिका निर्वाह गरेका छैनौं," विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्