सीसीएमसीको बैठक आज बस्दै काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन समिति(सीसीएमसी)को बैठक आज बस्दैछ। बैठक आज ३ बजेपछि बस्ने बताइएको छ। हिजो मात्र उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले कोरोना नियन्त्रणको अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेको थियो। कोरोनाको उच्च जोखिम भएको ठाउँमा चहलपहल र गतिविधि रोक्नेबारे सीसीएमसीले सुझाव दिएको थियो। आजको बैठकमा यसैबारे छलफल हुने र केही महत्वपूर्ण निर्णय आउन सक्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्