प्रधानमन्त्री ओलीलाई सीसीएमसीको ब्रिफिङ काठमाडौं। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड न्यूनीकरण गर्न थप रणनीति बनाउनेबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिरहेको छ। कोरोनाको सङ्क्रमण दिनानुदिन बढिरहेकाले थप रोकथामका उपायबारे सीसीएमसीले प्रधानमन्त्रीसमक्ष ब्रिफिङ गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले पुष्टि गरे। स्वास्थ्य मन्त्रालयले भने जोखिम कम नभएकाले लकडाउनसम्म गर्नुपर्ने सीसीएमसीलाई प्रस्ताव गरेको छ तर तत्कालै लकडाउन गर्न सम्भव नरहेको सीसीएमसी स्राेतले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्