पर्यटन व्यवसायी कोरोना खोपको प्राथमिकतामा काठमाडौं। सरकारले पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप अभियानको प्राथमिकतामा राखेको छ। यहीअनुसार अहिलेसम्म देशभरका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन्। ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्