चीनले राख्यो भारतमा कोरोना महामारी नियन्त्रणमा सहयोगको प्रस्ताव काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रण गर्न सघाउने प्रस्ताव भारत समक्ष गरेको छ। भारतमा कोरोना संक्रमितको संख्या निकै बढेपछि र अस्पतालहरुमा अक्सिजनको अभाव भएपछि चीनले ससहयोग गर्ने इच्छा देखाएको भारतीय अखबार टाइम्स अफ इण्डियाले जनाएको छ। चीनले कोरोनालाई ‘साझा शत्रु’ बताउँदै अन्तराष्ट्रिय एकता र पारस्पर सहयोगको लागि आव्हान गर्दै आएको छ। भारतको गम्भीर अवस्थालाई हेरिरहेको चीनको विदेश मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्