कोरोनाको उच्च जोखिममा कञ्चनपुर कञ्चनपुर। भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेको छ। भारतमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका नहुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको हो। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार मात्रै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै फर्केका ७४० मध्ये २१४ जनाको एन्टिजेन परिक्षणमा ४५ जनाको परीक्षण नतिजा पोजेटिभ आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्