कस्ता ठाउँमा कति कोरोना सङ्क्रमित भए उच्च जोखिम मानिन्छ? काठमाडौं। सरकारले कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम निर्धारण गर्ने आधार तय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार महानगरपालिकामा १,००० भन्दा बढी, उपमहानगरपालिकामा ५०० भन्दा बढी, नगरपालिका वा गाउँपालिकामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित देखिएमा त्यस्ता स्थानलाई उच्च जोखिम क्षेत्र घोषणा गरिनेछ। यस्ता क्षेत्रमा उक्त सङ्ख्यामा सङ्क्रमित देखिएमा अरिरिक्त नियन्त्रणका व्यवस्था लागू गर्न सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्