भारतमा भ्याक्सिन आयातमा भन्सार शुल्क नलाग्ने काठमाडौं। देशमा बढ्दो कोरोना महामारीका कारण कुनै पनि देशबाट भ्याक्सिन आयात गर्दा भन्सार महशुल मिनाहा गर्नेबारे भारत सरकारले गृहकार्य थालेको छ। यसअघि भ्याक्सिन निर्यातमा १० प्रतिशत सीमा शुल्क तिर्नुपर्थ्यो। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भी मे महिनासम्म आइपुग्नेछ। मोडर्ना र जोनसन एन्ड जोनसनले भारतमा स्वीकृतिका लागि आवेदन गरिसकेको छ। भारत सरकारले भ्याक्सिनको मूल्य कम गर्न सीमा शुल्क मिनाहाबारे सोचेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्