राहुल गान्धीलाई कोरोना सङ्क्रमण काठमाडौं। भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष तथा सांसद राहुल गान्धीलाई कोरोना सङ्क्रमण भएको छ। गान्धीले ट्वीटरमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जनाएका हुन्। सामान्य लक्षणहरू देखिएपछि कोरोना परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको उनले बताएका छन्। पछिल्ला दिन आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूलाई कोरोना सुरक्षा प्रोटोकल पालना गर्न पनि उनले अनुरोध गरेका छन्। अहिले उनको स्वास्थ सामान्य रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्