बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन काठमाडौं। वैशाख ९ गतेदेखि बाँकेमा लकडाउन गर्ने भएको छ। आज बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोनाको जोखिम उच्च भएकाले वैशाख ९ गतेदेखि लकडाउन गर्नुपर्ने प्रस्ताव गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले देखापढीसँग भने, “डिसीसीएमसीले सिफारिस गरेको छ, अब हामी निर्णय गर्छौं, एक साताका लागि लकडाउन हुन्छ।” कोरोनाको जोखिम बढीरहेकाले लकडाउन गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्