भारतमा १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइँदै नयाँदिल्ली। भारतमा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिइने भएको छ। आगामी मे १ देखि सबैलाई खोप दिन थालिने सरकारी अधिकारीले जनाएका छन्। जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको भारतले यसअघि ४५ वर्षमाथिकालाई मात्र खोप दिँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस्