उपचाररत ६ कोरोना संक्रमितको मृत्यु रुपन्देही। उपचाररत ६ जना कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु भएको छ। भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा चारजना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचारत दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका छन् भने तीनजना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। बुटवलमा उपचाारत महिलामा ज्वरो, निमोनिया, स्वाशप्रश्वासमा समस्या देखिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्