दिल्लीमा एक साता लकडाउन काठमाडौं। भारतको राजधानी दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढेपछि एक साता लकडाउन गरिने भएको छ। लकडाउन आज राति १० बजेबाट सुरु भई आगामी सोमबार बिहान ५ बजेसम्म लागु हुने जनाइएको छ। लकडाउनको घोषणा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले गरेका हुन्। लकडाउनको समयावधि बढाउने योजना नभएको उनले बताए। लकडाउनले गरिब जनतालाई गाह्रो हुने भए पनि एक साता दिल्ली नछोड्न उनले अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्