पाँचजनाभन्दा बढी भेला हुन नपाइने काठमाडौँ। सार्वजनिक स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भएको छ। मन्त्रिपरिषद्को बैठकले जारी गरेको कोरोना महामारी नियन्त्रण तथा रोकथाम आदेशमा पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँ जम्मा हुन रोक लगाएको हो। आदेशअनुसार यो महिनाभर पार्टी प्यालेस बन्द हुनेछन्। विवाह, ब्रतबन्ध र मलामीजस्ता कार्यमा बढीमा २५ जनाभन्दा बढी सहभागीका लागि रोक लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्