भारतमा कोरोनाबाट एकैदिन १५ सय बढीको मृत्यु नयाँदिल्ली। भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकहजार ५०१ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको जानकारीअनुसार उक्त अवधिमा थप २ लाख ६१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा कोरोनाबाट संक्रमितको संख्या १ करोड ४७ लाखभन्दा बढी पुगेको छ भने मृत्यु हुने १ लाख ७७ हजार नाघेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्