भेरीमा तीन घण्टामा तीन संक्रमितको मृत्यु बाँके। भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दियाका ७३ वर्षीय पुरुष, बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र नारायण नगरपालिका–१ दैलेखकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । बाँकेमा उपचारका लागि आएका ९६ जना र बाँके जिल्लाका ६० जनाको कोरोना संंक्रमणका कारण मृत्यु भएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्