भारत सरकार रेमडिसिभिरको उत्पादन बढाउँदै काठमाडौं। भारतमा कोरोना विरुद्धको औषधि रेमडिसिभिरको माग व्यापक बढ्न थालेपछि त्यसको उत्पादन बढाउन लागिपरेको छ। भारतमा दैनिक सवा दुई लाखभन्दा बढी संक्रमित फेला पर्न थालेपछि बजारमा रेमडिसिभिर अभाव हुन थालेको छ। सरकारले पाँच दिनभित्र सबै क्षेत्रमा गरेर ६ लाख ६९ हजार रेमडिसिभिर इन्जेक्सनको सिसी उपलब्ध गराएको बताएको छ। रेमडिसिभिरबारे आशंका कायमै रहे पनि यसको आपत्कालीन प्रयोग भारतलगायतका देशमा स्वीकृत छ।(एजेन्सी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्