कुम्भ मेलामा शीर्ष ६८ साधु कोरोना संक्रमित काठमाडौं। भारतको हरिद्वार चलिरहेको कुम्भ मेलामा सहभागी शीर्ष ६८ साधुलाई कोरोना संक्रमण भएको छ। भारतीय अखबार टाइम्ब इण्डियाका अनुसार मेलामा संक्रमण भढेपछि निरञ्जनी अखाडाले मेलाबाट बाहिरिने निर्णय गरेको छ। निरञ्जनी अखाडा जुना अखाडा पछि दोस्रो ठूलो नागा सन्यासीको अखाडा हो। मध्य प्रदेशको निर्वाणी अखाडाका महामण्डलेश्वर कपिल देव दासको मेलामा सहभागी हुने क्रममा कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्