मलेरियाको उपाचारका लागि औबामियाङ अस्पताल भर्ना काठमाडौं। प्रिमियर लिगको क्लब आर्सनलका फरवार्ड पिएरे इमरिक औबामेयाङ मलेरिया रोग उपचारका लागि अस्पताल भर्ना भएका छन्। ३१ वर्षे औबामियाङ अन्तर्राष्ट्रिय खेलका लागि गाबोनबाट खेल्दा मलेरिया संक्रमित भएका हुन्। अफ्रिका कप अफ नेसन्समा गाबोनले कंगोलाई ३–० ले पराजित गर्दा औबमियाङले पनि गोल गरेका थिए। औबमियाङले युरोपा लिग क्वार्टरफाइनलको पहिलो लेग खेले पनि बाँकी खेल गुमाएका थिए।
प्रतिक्रिया दिनुहोस्