कुम्भ मेलाबीच हरिद्वार बन्यो कोरोनाको हटस्पोट, पाँच दिनमा भेटिए १७ सय नयाँ संक्रमित काठमाडौं। कुम्भमेला चलेको भारतको हरिद्वार कोरोनाको ‘हटस्पोट’ बनिरहेको भारतीय मिडियाले जनाएका छन्। हरिद्वारमा १० देखि १४ अप्रिलसम्म १ हजार ७ सय एक कोरोनाका नयाँ संक्रमित थपिएका छन्। कुम्भ मेलामा हजारौंको भिडभाड लागेकोले आउँदा दिनमा त्यहाँ संक्रमितको संख्या निकै बढ्ने अनुमान गरिएको छ। यसले भारतमा मात्र होइन नेपालमा पनि चिन्ता बढाएको छ। मेलामा सहभागी हुन नेपालबाट थुप्रै जना गएका छन्।
प्रतिक्रिया दिनुहोस्