मिथिलाञ्चलमा यसरी मनाइन्छ जुडशीतल पर्व
काठमाडौं। तराई मधेसमा नयाँ वर्षको रुपमा आज जुडशीतल पर्व मनाइएको छ। मिथिलाञ्चलमा मनाइने जुडशीतल पर्वलाई विशिष्ट कृषि संस्कृति मानिन्छ। सूर्यको तापबाट मानवलाई शीतलता प्रदान गर्नु जुडशीतलको प्रमुख उद्देश्य हो। यस पर्वमा आफूभन्दा ठूलाले शिरमा पानी हालेर आशीर्वाद दिने प्रचलन छ। यस पर्वमा तरुवा, बरी र दहीलगायतका विशेष प्रकारका खाना खाने चलन छ।
प्रतिक्रिया दिनुहोस्
