तोलामा ३०० ले बढ्यो सुनको भाउ काठमाडौं। सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ८९ हजार ८०० रुपैयाँ छ। अघिल्लो वर्षको अन्तिम दिन यसको मूल्य ८९ हजार ५०० रुपैयाँ थियो। आज तेजाबी सुनको भाउ तोलामा ८९ हजार ३५० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर एक हजार २९० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्