एस्ट्राजेनेका खोप लगाउन बन्द गर्ने डेनमार्कको निर्णय काठमाडाैं। डेनमार्कले एस्ट्राजेनेका खोप लगाउन तत्काल बन्द गर्ने भएको छ । यो निर्णयसँगै एस्ट्राजेनेका खोपबाट हात झिक्ने डेनमार्क यूरोपियन युनियनभित्रको पहिलो राष्ट्र बनेको छ। डेनिश स्वास्थ्य प्राधिकरणले “दुर्लभ, तर गम्भीर“ साइड इफेक्ट देखिएकोले यस्तो गर्नुपरेको जनाएको छ। गत शनिबार यो खोप लगाएपछि एक जनाको मृत्यु भएको थियो। यो खोप अक्सफोर्ड यूनिर्भसिटीले बनाएको हो।
प्रतिक्रिया दिनुहोस्