भारतको छत्तीसगढ कोरोनाका कारण अस्तव्यस्त, बिरामी र शव राख्ने ठाउँ छैन काठमाडौं। भारतको छत्तीसगढलाई कोरोना महामारीले अस्तव्यस्त बनाएको छ। त्यहाँको स्वास्थय व्यवस्था धराशयी बनेको स्थानीय मिडियाले जनाएका छन्। कोरोना अस्पतालहरूमा सङ्क्रमित र स्वास्थ्य परीक्षण गर्नेहरूको लामो लाइन लागेको छ। एम्बुलेन्स, अस्पतालको सिढीमा बिरामीहरू अक्सिजनको सिलिण्डर लिएका बसेका छन्। बेड भरिँदा बिरामीहरू अस्पताल भर्ना हुन पाएका छैनन्। मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दा अन्तिम संस्थकार गर्ने ठाउँ नभएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्