चीनमा बनेको ८ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो
<p>काठमाडौं। चीनमा निर्मित कोरोना खोप ‘भेरासेल’को ८ लाख डोज आज काठमाडौं आइपुगेको छ। </p>
<p>चीनले उक्त खोप नेपाललाई उपलब्ध गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ती खोप नेपालको लागि चिनियाँ राजदूत हउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्। </p>
<p>खोपलगायतका सामग्री लिन हिजो सरकारले नेपाल एयरलाइन्सको ‘ए–३३०’ जहाज चीनको राजधानी बेइजिङ पठाएको थियो। </p>
<p>चैत १ गतेको मन्त्रिपरिषद् बैठकले चीनले दिने कोरोनाविरुद्धको खोप ‘भेरासेल’लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
