डेङ्गु रोगलाई महामारी घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं। डेङ्गु रोगलाई महामारी घोषणा गरी नियन्त्रणका लागि सरकार ठोस कदम चाल्न आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ताहरू रोशनी गिरी र सरोज लामाले नेपालको  ६१ जिल्लाका दुई तिहाई भागमा संक्रमण देखिसकेको भन्दै यसको नियन्त्रण र रोकथाममा प्राथमिकता दिई महामारी घोषणा गर्नू भनि नेपाल सरकारका नाममा परमादेष जारी गर्न माग गरेका हुन्।

निजी अस्पतालले मौकाको फाइदा उठाई चर्को शुल्क उठाइरहेको भन्दै त्यसलाई रोक्न निजी अस्पतालका नाममा आदेश जारी गर्न तथा यसको उपचारका लागि लाग्ने सम्पूर्ण खर्चसमते सरकारी अस्पतालको मापदण्डमा कायम गराउन अन्तरिम आदेश माग गरिएको छ।

रिटमा संविधानले प्रदान गरेको नि:शुल्क पाउनुपर्ने आधारभूत स्वास्थ सेवालाई देशव्यापी रूपमा पहुँचयोग्य सेवा दिने व्यवस्था गर्न माग गरिएको छ। त्यस्तैगरी आगामी वर्षहरूमा पनि यो रोग महामारीको रूपमा फर्कनसक्ने भन्दै विश्व स्वास्थ्य संगठनको मापदण्डमा राष्ट्रिय पूर्वतयारी योजना बनाउनू भनि सरकारका नाममा निर्देशनात्मक आदेश माग गरिएको छ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र  एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपाललाई विपक्षी बनाइएको रिटमा समयमै उपचार पाएर निको हुने खालको रोगबाट कसैको अकालमा मृत्यु हुन्छ भने त्यसले नागरिकको बाँच्न पाउने हकको नै उल्लंघन गरेको ठहर्ने दावी गरिएको छ।

संविधानले स्वास्थसम्वन्धी हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको भन्दै त्यसअनुसार स्वास्थ सेवा सरल, सुपथ र पर्याप्त हुनुपर्ने जिकिर लिइएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्