संक्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमामा हेल्थ डेस्क स्थापना
<p>सिरहा। भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नाकामा सतर्कता बढाइएको छ । </p>
<p>भारतमा तीव्र गतिमा कोरोना संक्रमण फैलिन थालेपछि सिरहाको माडर, ठाडी, बरियारपट्टी, औरही र नवराजपुर नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो । </p>
<p>जिल्ला प्रशासन कार्यालय सिरहाले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी होली पर्व घरमै मनाउन आग्रह गरेको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
