कोरोनाको दोस्रो लहरसँगै कच्चा तेलको मूल्य घट्यो
<p>काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ। </p>
<p>मार्च महिनाको सुरुवातमा प्रतिब्यारेल ७१ डलर मूल्य रहेको कच्चा तेलको मूल्य यतिबेला ६४ डलरमा आइपुगेको छ।</p>
<p>कोरोनाको दोस्रो लहर सुरु हुँदा कच्चा तेलको माग घटेको छ। दोस्रो लहर सुरु भएपछि फेरि विश्वमा लकडाउन सुरु भएको छ। फलस्वरुपः मूल्य पनि घट्न थालेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
