जाजरकाेट। पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ।

एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ।

अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ। दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसकेको चालक राकेशकुमार शाहले बताए।

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म लैजान समस्या भएको छ। एम्बुलेन्स सञ्चालनमा नरहे पनि चालकले भने नियमित तलब भत्ता खाइरहेका छन्।

रेडक्रसको एम्बुलेन्स पनि बिग्रिएपछि जाजरकोटमा एउटा पनि एम्बुलेन्स छैन। जिल्लानै एम्बुलेन्सविहीन हुँदा पनि मर्मत गरी सञ्चालन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान नजानु दुःखद् पक्ष रहेको नागरिक बताउँछन्।

एम्बुलेन्स नहुँदा स्थानीयले स्ट्रेचर र डोकोको सहारा लिने गरेका छन् भने जिल्लाबाहिर लैजान सार्वजनिक तथा निजी गाडी रिजर्भ गर्नुपर्ने बाध्यता छ।

एक लाख ५० हजार रूपैयाँको अभावमा अस्पतालको एम्बुलेन्स मर्मत गरेर सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिए।

यद्यपि अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले उक्त एम्बुलेन्स निकै पुरानो भएको र मर्मत गरे पनि दुर्गममा चलाउन मुस्किल पर्ने भएकाले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयबाट नयाँ एम्बुलेन्स माग्ने प्रक्रिया अघि बढाइएको बताए। भेरी नगरपालिकाले एम्बुलेन्स दिने घोषणा गरेको वर्ष दिन बिते पनि अझै प्राप्त भएको छैन।

उता छेडागाड नगरपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ। सो नगरपालिकाले आफैँ चिकित्सक नियुक्ति गरेर सेवा दिँदै आएको छ।

जुनिचाँदे गाउँपालिकाले समेत सोही कार्य अगाडि बढाएको छ। स्थानीय तहले एम्बुलेन्स खरिद गरी एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएर काम गर्दै आएका छन्। रासस

" /> जाजरकाेट। पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ।

"> एम्बुलेन्स बिग्रिएपछि बिरामी बाेक्न डाेकाे र स्ट्रेचरकाे भर: Dekhapadhi
तस्वीरः दीप घर्तीकाे फेसबुकबाट।
एम्बुलेन्स बिग्रिएपछि बिरामी बाेक्न डाेकाे र स्ट्रेचरकाे भर

प्रतिक्रिया दिनुहोस्