त्यसैगरी आगामी दुई हप्ताभित्र सात प्रदेशका तोकिएका अस्पतालहरूमा भेन्टिलेटर एक-एक थानसहित ४८ हजार थान सर्जिकल मास्क, केएन ९५ माक्स एक हजार ६०० थान, ५५० थान शुरक्षा पोसाक, सुरक्षा चश्मा ४०० वटा र १० हजार जोडी पञ्जा हस्तान्तरण गरिने रेडक्रसले जनाएको छ।

" /> त्यसैगरी आगामी दुई हप्ताभित्र सात प्रदेशका तोकिएका अस्पतालहरूमा भेन्टिलेटर एक-एक थानसहित ४८ हजार थान सर्जिकल मास्क, केएन ९५ माक्स एक हजार ६०० थान, ५५० थान शुरक्षा पोसाक, सुरक्षा चश्मा ४०० वटा र १० हजार जोडी पञ्जा हस्तान्तरण गरिने रेडक्रसले जनाएको छ।

"> रेडक्रसले दियो सात वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री: Dekhapadhi
रेडक्रसले दियो सात वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री
काठमाडौं। नेपाल रेडक्रम सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात थान भेन्टिलेटर दिएको छ। सोसाइटीकी कार्यवाहक अध्यक्ष शर्मिला कार्कीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरिन्।

कोरोना संक्रमितलाई उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर हस्तान्तरण गरेकोमा मन्त्री ढकालले रेडक्रमसलाई धन्यवाद दिए।

कोका-कोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारी अन्तर्गत कोभिड-१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरूको सुरक्षा अभिवृद्धिका लागि विभिन्न अस्पताल र स्वयंसेवकहरूलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको दोस्रो अभियानअन्तर्गत उक्त सहयोग गरिएको रेडक्रसले जनाएको छ।

नेपाल सरकारलाई विभिन्न अस्पतालमा प्रयोग गर्न हस्तान्तरण गरिने सामग्रीहरूका लागि एक अर्ब चार करोड रूपैयाँ खर्च गरिने रेडक्रसले जनाएको छ। यस साझेदारीअन्तर्गत देशका सातवटै प्रदेशका प्रमुख अस्पतालहरूमा एक-एक वटा भेन्टिलेटर तथा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरूका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिने रेडक्रसले जनाएको छ।

यो दोस्रो चरणको सामग्री वितरण अभियानअन्तर्गत उपलब्ध गराइएका सामग्रीहरू मन्त्री ढकालले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुलाई हस्तान्तरण गरे।
आज हस्तान्तरण गरिएका सामग्रीमा १०० थान सुरक्षा चश्मा, १२० बाकस सर्जिकल मास्क, १५० थान सुरक्षा पोसाक, ५० बाकस पञ्जा, केएन ९५ मास्क २०० वटा छन्।

त्यसैगरी आगामी दुई हप्ताभित्र सात प्रदेशका तोकिएका अस्पतालहरूमा भेन्टिलेटर एक-एक थानसहित ४८ हजार थान सर्जिकल मास्क, केएन ९५ माक्स एक हजार ६०० थान, ५५० थान शुरक्षा पोसाक, सुरक्षा चश्मा ४०० वटा र १० हजार जोडी पञ्जा हस्तान्तरण गरिने रेडक्रसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्