देशभर थपिए २१ सय तीन जना कोरोना संक्रमित
<p style="text-align: justify;">काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर २१ सय तीन जनाका कोरोना संक्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। </p>
<p style="text-align: justify;">आज कोरोना संक्रमण निको भएर २८ सय ५८ जना डिश्चार्ज भएर घर फकिएका छन्। </p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण १७ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। </p>