काठमाडौं। गत साता फाइजर÷बायोएनटेक तथा मोडर्ना कम्पनीले आफूले बनाएको कोरोना भ्याक्सिनले सफलता पाएको घोषणा गरे। अन्य कतिपय कम्पनी पनि यसमा काम गरिरहेका छन्। तेस्रो तथा महत्वपूर्ण ट्रायल बेल्जियमको जानसेन कम्पनीले पनि गरेको छ र यसको अनुसन्धान बेलायतमा भइरहेको छ।
कोरोनाको महामारी कम भएको छैन, मानिसमा त्रास कायमै छ। कतिपय देशमा जनजीवन सहज बनाउने प्रयास भए पनि भाइरस फैलन रोकिएको छैन। यसकारण पनि मानिसको जीवन बचाउन भ्याक्सिन आवश्यक छ।
भ्याक्सिन नआउञ्जेल आफूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा विश्व स्वास्थ्य संगठनलगायत अन्य स्वास्थ्यसम्बद्ध संस्थाहरुले उपाय बताइरहेका छन्। हाम्रो रहनसहन र व्यक्तिगत स्वास्थ्यमा गम्भीर हुन सक्दा भाइरसको आक्रमणबाट बच्न सकिने कुरा अब नयाँ रहेन।
किन चाहिन्छ भ्याक्सिन ?
भ्याक्सिनले हाम्रो शरीरलाई भाइरसँग लड्न सिकाउँछ। साथै, कोरोनाको पहिलो आक्रमणबाटै बचाउँछ र हाम्रो ज्यान लिनबाट पनि जोगाउँछ। भ्याक्सिन नै कोरोनाको सबैभन्दा उत्तम उपचार हो। यसले भाइरसको महामारीबाट मानिसलाई बाहिर निकालिदिन्छ।
यही प्ररिप्रेक्ष्यमा विश्वभरका मानिसहरु कसले र कहिले भ्याक्सिन तयार पार्ला र आफूलाई उपलब्ध होला भनी तीव्र प्रतीक्षा गरिरहेका छन्। अहिले मानिसहरुको ध्यान बढी मात्रामा फाइजर÷बायोएनटेक कम्पनीले बनाउँदै गरेको भ्याक्सिनतर्फ मोडिएको छ। कम्पनीले भ्याक्सिन परीक्षणको अन्तिम चरणमा पुगेको जानकारी दिएपछि आशा पलाएको हो।
कम्पनीले गरेको प्रयोग तथा शोधका अनुसार यो भ्याक्सिनले ९० प्रतिशत मानिसलाई कोरोनाबाट जोगाउन सक्छ। यसको प्रयोग ४३ हजार जनामा गरिएको र कसैमा पनि समस्या नआएको कम्पनीले बताएको छ।
मोडर्ना कम्पनलीले पनि ३० हजार अमेरिकी नागरिकमा परीक्षण गरेको छ। यसमध्ये आधालाई डमी इन्जेक्सन दिइएको थियो। कम्पनीका अनुसार यो भ्याक्सिनले ९४.५ प्रतिशत मानिसलाई भाइरसबाट जोगाउन सक्छ।
बेलायती औषधि कम्पनी एस्ट्राजेनेका तथा अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिक मिलेर अर्को एक भ्याक्सिन विकसित गरिरहेका छन्। आगामी केही सातामै यसको नतिजा आउने छ।
यसैबीच रुसले बनाएको स्पुतनिक–भीले पनि विश्वास जित्दै गएको देखिएको छ। रुसले आफूले नै संसारमा सबैभन्दा पहिलो कोरोना भ्याक्सिन बनाएको दाबीसमेत गर्दै आएको छ।
परीक्षणको तेस्रो तथा अन्तिम चरणमा पुगेको फाइजरको भ्याक्सिन पनि ९२.५ प्रतिशत सफल रहेको बताइएको छ। आगामी केही साता वा महिना दिनमा अन्य कम्पनीको पनि परीक्षणका नतिजा सार्वजनिक हुने छन्।
चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट्स तथा साइनोफर्मा, रुसी गामेलिया रिसर्च इन्स्टिच्युट अफ एपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजी पनि भ्याक्सिनमा काम गरिरहेका छन्। तिनको परिणाम पनि उत्साहजनक रहेको छ।
प्रतीक्षाको घडी कहिले सकिन्छ ?
फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज निर्माण गर्न सकिने र २०२१को अन्त्यसम्म एक अर्ब ३० करोड डोज बनाउन सक्ने बताएको छ। बेलायतलाई यही वर्ष एक करोड डोज चाहिने भन्दै उसले तीन करोड डोजका लागि अर्डर दिएको छ।
एस्ट्राजेनेका/अक्सफोर्डले बेलायतलाई १० करोड डोज दिने सहमति जनाइसकेको छ। आफ्नो भ्याक्सिनले सफलता पाएपछि विश्वस्तरमा २० करोड डोज उपलब्ध गराउने बताइएको छ।
भ्याक्सिन वितरणमा पनि सहजता देखिँदैन। पहिला कसलाई दिने भन्ने प्रश्न उठिरहेको छ। तथापि, जुन क्षेत्रमा महामारी बढी फैलिरहेको छ त्यहाँ भ्याक्सिन सर्वप्रथम उपलब्ध गराउनुको विकल्प छैन।
साथै, ज्येष्ठ नागरिक र स्वास्थ्यसेवाका क्षेत्रमा कार्यरत व्यक्तिलाई उपलब्ध गराउनु पर्नेमा सबै सहमत छन्। अग्रपंक्तिमा रहेर काम गर्ने वर्गलाई पहिला भ्याक्सिन उपलब्ध गराउनु बुद्धिमानी हुने छ।
(बीबीसीको सहयोगमा)
" /> काठमाडौं। गत साता फाइजर÷बायोएनटेक तथा मोडर्ना कम्पनीले आफूले बनाएको कोरोना भ्याक्सिनले सफलता पाएको घोषणा गरे। अन्य कतिपय कम्पनी पनि यसमा काम गरिरहेका छन्। तेस्रो तथा महत्वपूर्ण ट्रायल बेल्जियमको जानसेन कम्पनीले पनि गरेको छ र यसको अनुसन्धान बेलायतमा भइरहेको छ।कोरोनाको महामारी कम भएको छैन, मानिसमा त्रास कायमै छ। कतिपय देशमा जनजीवन सहज बनाउने प्रयास भए पनि भाइरस फैलन रोकिएको छैन। यसकारण पनि मानिसको जीवन बचाउन भ्याक्सिन आवश्यक छ।

">