काठमाडौं। गत कात्तिक २६ गते बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिसँग उपत्यकाका मेयरहरूले छलफल गरे। छलफलको क्रममा मेयरहरूले छठ सकिएलगत्तै उपत्यकामा दुई साता कडा लकडाउन गरेर कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्नुपर्ने माग राखेका थिए। तर, समिति उक्त कुरामा सकारात्मक देखिएन।
गत चैत्र ११ गतेदेखि साउन ६ गतेसम्म १२० दिन देशभर लकडाउन भयो। त्यसपछि पनि उपत्यकासहित देशभरका विभिन्न क्षेत्रमा निषेधाज्ञा तथा लकडाउन भयो। चर्को दबाबपछि उपत्यकाको निषेधाज्ञा दसैँअघि खोल्न प्रशासन बाध्य भयो।
छलफलमा सहभागी उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफ्नो तर्फबाट दुई हप्ता कडा लकडाउन गर्नुपर्ने माग गरिएको बताए।
छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापा भने सकारात्मक देखिएका थिए। तर, अन्य सदस्यहरूले भने तत्काल अर्को लकडाउनबारे सोच्न नसकिने जवाफ दिएका थिए।
उक्त छलफलपछि उपत्यकामा लकडाउन हुने चर्चा पनि चल्यो। तर, गृह मन्त्रालयका प्रवक्ताले भने तत्कालको अवस्थामा लकडाउन नहुने बताए। प्रवक्ता चक्रबहादुर बुढाले तत्काल लकडाउनको सम्भावना नदेखिएको बताए।
अहिले देशभरको कोरोना संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी उपत्यकामा छन्। अबको केही समयमा नै उपत्यकाका अस्पतालहरूले थेग्न नसक्ने गरी संक्रमित बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आकलन छ।
“यसअघि पनि लकडाउन त गरिएकै थियो। कोरोना नियन्त्रण भएन। अब केही दिन लकडाउन गरेपछि खोप आउँछ र सबैलाई खोप दिएपछि ठीक हुन्छ भन्ने पनि छैन,” उनले भने।
लकडाउन हुँदा मानिसहरूको दैनिक जनजीवन निकै प्रभावित हुने र आर्थिक क्रियाकलापमा क्षति पुग्ने भन्दै महामारी नियन्त्रणका अन्य विकल्पसहित अघि बढिने उनको भनाइ छ।

विज्ञहरूको मिश्रित प्रतिक्रिया
विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन्। संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले परीक्षणको दायरा बढाउनुपर्ने र संक्रमण फैलन नदिन सावधानी अपनाउनुपर्नेमा जोड दिए।
“लकडाउन नै सबै कुरा होइन। लकडाउनभन्दा पनि जहाँ संक्रमित छन्, ती क्षेत्र सिल गरेर कन्ट्याक्ट ट्रेसिङको दायरा व्यापक बनाउने, संक्रमित देखिएको खण्डमा तत्काल रिस्पोन्स गर्ने सिस्टमको विकास गर्न सकियो भने लकडाउन आवश्यक पर्दैन,” उनले भने।
जनस्वास्थ्यविद् डा. रमेश आचार्यले कडा लकडाउन गरेर मात्र महामारी नियन्त्रणमा लिन सकिने बताए।
“तत्काल लकडाउनबारे सोचेका छैनौं। केही भएन भने लकडाउनमा पनि जान सकिन्छ। केही सीप चलेन भने लकडाउन त गर्नैपर्छ।”
“हामी अब अन्य विकल्प प्रयोग गर्नुपर्ने अवस्थाभन्दा माथि पुगिसकेका छौं। दुई हप्ता कडा लकडाउन गरेर त्यो अवधि परीक्षणको दायरा व्यापक बनाउने, स्वास्थ्य संरचना छिटो छरितो बनाउनुपर्छ। नत्र चिसोमा महामारी हाम्रो नियन्त्रणभन्दा बाहिर जान्छ,” उनले भने।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अहिलेसम्मको अवस्था हेर्दा लकडाउन नै गर्नुपर्छ भन्ने नरहेको बताए। स्वास्थ्य मन्त्रालयले यसअघि नै दुई साता देशभर लकडाउन गर्न सरकारलाई सिफारिस गरेको थियो। तर, अहिलेको अवस्थामा सबै स्वास्थ्य संरचनाले थेग्न सक्ने देखिएको उनको भनाइ छ।
“तत्काल लकडाउनबारे सोचेका छैनौं। केही भएन भने लकडाउनमा पनि जान सकिन्छ। केही सीप चलेन भने लकडाउन त गर्नैपर्छ,” प्रवक्ता गौतमले भने।
" /> काठमाडौं। गत कात्तिक २६ गते बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिसँग उपत्यकाका मेयरहरूले छलफल गरे। छलफलको क्रममा मेयरहरूले छठ सकिएलगत्तै उपत्यकामा दुई साता कडा लकडाउन गरेर कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्नुपर्ने माग राखेका थिए। तर, समिति उक्त कुरामा सकारात्मक देखिएन।छलफलमा सहभागी उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफ्नो तर्फबाट दुई हप्ता कडा लकडाउन गर्नुपर्ने माग गरिएको बताए।

">